News Portal

शिवसताक्षीमा कोरोनाका कारण एक युवतीको मृत्यु

रातोपोस्ट संवाददाता
५२९ पटक

झापा, २२ कात्तिक । झापाको शिवसताक्षीमा कोरोना कारण एक युवतीको मृत्यु भएको छ । गत कार्तिक १३ गते उनको कोरोना संक्रमण पुष्टि भएको थियो।

शिवसताक्षी नगरपालिका वडा नम्बर-६ कि २५ वर्षीया युवतीको विराटनगरको नोबेल अस्पतालमा शुक्रबार राति उपचारका क्रममा मृत्यु भएको अहिले विराटनगरबाट शव ल्याउने तयारी भइरहेको शिवसताक्षी नगरपालिकाका प्रवक्ता नवीन ईजमले बताए ।

नोबेल अस्पतालको आइसोलेशनमा उनको उपचार भइरहेको थियो। मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने नगरपालिका स्रोतले बताएको छ। मृतक दुधे स्थित एक स्वास्थ्य संस्थामा ल्याबमा काम गर्ने युवती हुन।

शिवसताक्षी नगरपालिकामा यो सहित कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ।

प्रतिकृया दिनुहोस्