News Portal

बालुवाटार पुगी सचिवालयको बैठक माग्दा जंगिए ओली : मेरा विरुद्ध लाग्ने ? मैले किन बैठक बोलाउने ?

रातोपोस्ट संवाददाता
४५८ पटक

काठमाडौं, कात्तिक २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले गुटगत भेला गरेको भन्दै सचिवालय सदस्यहरुसँग असन्तुष्टी जनाएका छन् ।

शनिबार बैठक बोलाउन माग गर्दै बालुवाटार पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच जना सचिवालय सदस्यहरुसँग उनले यस्तो असन्तुष्टी जनाएका हुन् ।

पार्टीको बैठक बोलाउन माग गर्दै अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री अ‍ोलीले कोटेश्वर र धुम्बाराहीमा गुटगत भेला गरेको भन्दै मैले किन बैठक बोलाउनु ? भन्दै प्रश्न गरेको स्रोतले जानकारी दियो ।

‘तपाईहरु गुटगत भेला गर्दै हिँड्नुहुन्छ । मेरा विरुद्ध किन लाग्नुभएको ? मैले अब के को बैठक बोलाउने ?’, उनले भने ।

बिहीबार अध्यक्ष प्रचण्ड र नेता नेपालले प्रधानमन्त्रीले चाल्न सक्ने कदमबारे कानूनी परामर्श लिएका थिए । त्यसपछि शुक्रबार नेकपा बहुमत सचिवालय सदस्यहरुको अनौपचारिक भेला धुम्बाराहीमा बसेको थियो ।

प्रतिकृया दिनुहोस्