News Portal

झापामा आज ७५ जना संक्रमित थपिए

रातोपोस्ट संवाददाता
६३७ पटक

झापा, २२ कात्तिक । आज एकैदिन झापामा ७५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । थपिनेमा २३ जना महिला र ५२ जना पुरुष रहेका छन् ।

थपिएका संक्रमितमध्ये सबैभन्दा बढी २७ जना दमक नगरपालिकाका छन् । दमकमा ६ महिला र २१ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । त्यस्तै, बिर्तामोडका ४ महिला र १० पुरुष गरी १४ जना आज संक्रमित थपिएका छन् ।

यसैगरी भद्रपुर नगरपालिकामा ४ महिला र ९ पुरुष, कमल गाउँपालिकामा ४ महिला २ पुरुष, कनकाईमा ५ पुरुष, शिवसताक्षी र बुद्धशान्तिमा १-१ महिला र १-१ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै, मेचीनगरमा ३ पुरुष, अर्जुनधारा र बाह्रदशीमा १-१ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंले बताए । कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा झापामा ४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

प्रतिकृया दिनुहोस्