News Portal

  • बि एण्ड सी मा क्याथल्याब सेवा सञ्चालन, मुटु प्रत्यारोपण तयारी

    रातोपोस्ट संवाददाता
    ५५१ पटक

    झापा, २२ कात्तिक । झापाको बिर्तामोडस्थित बि एण्ड सी मेडिकल कलेज शिक्षण अस्पतालले आगामी दुई वर्ष भित्र मुटु प्रत्यारोपण गर्ने गरी तयारी शुरुआत गरेको छ । हाल प्रदेश १ का मुटुका बिरामी उपचारका लागि काठमाडौँ तथा भारतको दिल्ली र भेलोर जानुपर्ने अवस्थालाई अन्त्य गर्न शिक्षण अस्पतालको सो तयारी थालेको हो ।

    यसका लागि अस्पतालले चिकित्सक, पूर्वाधार तथा उपकरण सहित आन्तरिक तयारी द्रुत रुपमा अगाडि बढाएको अस्पतालका कार्यकारी निर्देशक दूर्गाप्रसाद प्रसाईँले जानकारी दिए । अस्पतालले विगत तीन वर्षदेखि विशेषज्ञ चिकित्सकसँगको समन्वयमा मुटु सम्बन्धी गुणस्तरीय सेवा सञ्चालन गर्दै आएको छ । उनले भने “अब अस्पतालले मुटु प्रत्यारोपणको योजना अघि सारेको छ । यो कार्य चुनौती भएपनि हामी सफलता हासिल गर्छौ । ”

    हालै मात्र अस्पतालले मुटु रोगको सम्पूर्ण उपचारका लागि अत्याधुनिक क्याथल्याब सेवा सञ्चालनमा ल्याएको छ । करिव ५० करोड रुपैयाँको लगानीमा प्रदेश १ मा पहिलोपटक सो सेवा सञ्चालनमा ल्याइएको जनाइएको छ । कार्यकारी निर्देशक प्रसाईले सस्तो र गुणस्तरीय सेवा चिकित्सकीय सेवा दिन अस्पताल प्रतिबद्ध रहेको जानकारी दिए ।

    हाल क्याथल्याव सेवाबाट ६ जना बिरामीको उपचार हुँदै आएको अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. उमेश यादवले जानकारी दिए। उनले मुटु रोगको उपचार बिधिका बारेमा जानकारी दिँदै अस्पतालको उपचार सेवा नेपालकै उच्च प्रविधियुक्त र सुविधासम्पन्न भएको दाबि समेत गरे । स्वदेश र विदेशका समेत मुटुरोगका विशेषज्ञ चिकित्सककोे लामो अनुभवको सेवा अब वि एण्ड सीबाट उपलब्ध हुने अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए ।

    तीनसय श्ययाको सो अस्ततालले गतवर्षदेखि प्रदेश १ मा नै पहिलो पटक क्यान्सर उपचार सेवा शुरुआत गरेको थियो । अस्पतालले मिर्गौला रोगीका लागि उपचार तथा डायलाइसिस सेवा समेत प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)