News Portal

नेपाल पक्ष फकाउँदै ओली, चार नेतालाई बालुवाटार बोलाए

रातोपोस्ट संवाददाता
५५० पटक

काठमाडौं, २३ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र देखिएको विवादको हल खोज्न नेता माधवकुमार नेपालसहितका चार नेतालाई बालुवाटार बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरु नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई बोलाएका हुन् ।

अर्का अध्यक्ष पुष्पकमल दाहालसँग विवाद बढेपछि ओलीले आन्तरिक छलफललाई तिव्रता दिएका छन् । उनले आफूपक्षमा रहेका नेताहरुको अनौपचारिक भेला पनि गरिरहेका छन्, जुन आज काठमाडौंमा समेत भएको छ ।

नेता नेपाललाई यसअघि पनि ओलीले कात्तिक ४ र ११ गते बालुवाटारमा बोलाएर निकासका लागि पहल गरेका थिए । पार्टीमा अब नेतृत्व लिनेगरी अघि बढ्न पनि नेपाललाई ओलीले आग्रह गर्दै आएका छन् भने सार्वजनिकरुपमा अब नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्