News Portal

झापामा ७६ जना संक्रमित थपिए, ३ संक्रमितको मृत्यु

रातोपोस्ट संवाददाता
४७८ पटक

झापा, २३ कार्तिक । झापामा थप ७६ जना कोरोना संक्रमित थपिएका छन् । जसमा २८ महिला र ४८ पुरुष रहेका छन ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक, अर्जुनधारा र भद्रपुरका रहेको छन । योसँगै हालसम्म झापामा ज्यान गुमाउनेको संख्या ६४ पुगेको जनाइएको छ ।

आज थपिएका संक्रमितहरु सबै स्थानिय रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमितहरुमा दममका १३, बिर्तामोडका ७, मेचीनगरका ३, अर्जुनधाराका १, कन्काइका ३, गौरादहका १५, कचनकवलका १, कामलमा १५, शिवसताक्षीका ३, गौरीगञ्जका २ र अन्य (पलिकाका नखुलेको) १६ गरि ७६ जना रहेको स्वास्थ्य कार्यालय झापाका फेकल पर्सन जीवन चौलागाईंले बताए।

हाल झापामा कुल संक्रमितको संख्या दुई हजार ५८९ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या एक हजार ५८८ पुगेको छ । हाल झापामा ९३७ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिकृया दिनुहोस्