News Portal

होल्डिङ सेन्टर ब्यवस्थापनको बिषयमा छलफल

रातोपोस्ट संवाददाता
९३४ पटक

झापा, २३ कात्तिक  । झापाको मेचीनगरमा रहेकाे  होल्डिङ सेन्टर लगायत पूर्वीनाका ब्यवस्थापनको  बिषयमा आज सरोकारवालासंग छलफल गरिएको छ ।

मेचीनगर- ६ काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा आयोजित छलफलका सहभागीहरुले काँकरभिट्टा माविको प्राङगणमा सञ्चालित होल्डिङ सेन्टरको पुनस्र्थापना, नाका ब्यवस्थापन र आँखा उपचारको लागि नेपाल आउँने सेवाग्राहीको बिषयमा छलफल भएको मेचीनगर- ६ का वडा अध्यक्ष ललितबहादुर तामाङले बताए ।

सो अवसरमा काँकरभिट्टा माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालित होल्डिङ सेन्टरलाई अन्यत्र सार्ने बिषयमा समेत  छलफल भएको हाे ।

छलफलमा सहभागी झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले गृह मन्त्रालयको रेकर्डमा देशकै उत्कृष्ट होल्डिङ सेन्टरको रुपमा रही काँकरभिट्टा होल्डिङ सेन्टरको ब्यवस्थापन पक्षले काम गरेको बताए ।

कात्तिक ३० गतेसम्म सोहि स्थानबाट सेवा प्रवाह हुने र सो-पश्चात सरकारले गर्ने नाकाबन्दीको निर्णयलाई मध्यनजर गरी अन्यत्र ठाउँमा ब्यवस्था मिलाइने सहमती भएको छ । त्यस्तै काँकरभिट्टाबाट सञ्चालन हुने सार्वजनिक यातायात, इ-रिक्सालाई स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने बिषयमा समेत छलफल भएको बताइएको छ ।

छलफलमा प्रदेश सांसद श्रीप्रसाद मैनाली र गाेपाल बुढाथोकीकाे प्रमुख अतिथिमा भएकाे कार्यक्रमकाे सञ्चालन हाेल्डिङ सेन्टरका संयोजक जनक काेरालाले गरेका थिए । प्रमुख जिल्ला अधिकारी, मेचीनगरका सुरक्षा निकायका प्रमुख, मेचीगरमा सञ्चालित आँखा अस्पतालका सञ्चालक, यातायात व्यवसायी, हाेटल व्यवसायी, पर्यटन व्यवसायी, मजदुर संगठनलगायतको कार्यक्रममा उपस्थिति रहेको थियो भने कार्यक्रमकाे अध्यक्षता मेचीनगर उपप्रमुख मिना (पोख्रेल) उप्रेतीको  गरेकी थिइन ।

कार्यक्रमकाे सहजीकरण इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले गरेका थिए   ।

 

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)