News Portal

नेपालमा पछिल्लो २४ घण्टामा थपिए २५७१ कोरोना संक्रमित, १८ को मृत्यु

रातोपोस्ट संवाददाता
४४२ पटक

काठमाडौं, २४ कार्तिक। नेपालमा पछिल्लो २४ घण्टामा थप २५७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ रहेको छ । यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ हजार थियो ।

पछिल्लो २४ घण्टामा थप १७९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ६९ हजार ७२४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ५७ हजार ९२६ रहेको थियो । नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११२६ पुगेको छ ।

प्रतिकृया दिनुहोस्