News Portal

  • मेचीनगरमा एक महिनामै प्रशासकीय अधिकृत सरुवा भएकाे बिषयमा वडा अध्यक्षहरुले बुझाए ज्ञापनपत्र

    रातोपोस्ट संवाददाता
    १४३ पटक

    झापा, कात्तिक २५ । झापाको मेचीनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरुवाको बिषयमा ज्ञापन पत्र बुझाइएको छ ।

    नगरपालिकामा एक महिनाको अवधिमा जना नयाँ अधिकृतको सरुवा हुनुले नगरका विकास निर्माण तथा योजना कार्यान्वयनमा समस्या उत्पन्न भएको ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराइएको छ ।

    मेचीनगर उपप्रमुख मिना पोख्रेल उप्रेतीको कार्यकक्षमा पुगी वडा नं १० का अध्यक्ष सुवेशकुमार पनेरुको नेतृत्वमा वडा अध्यक्षहरुको टोलीले ज्ञापन पत्र बुझाएको थियो ।

    वडा अध्यक्षहरुले बुझाएको ज्ञापन पत्रमा भनिएको छ,‘ बिगतबाट नै प्रमुख प्रशासकीय अधिकृत लगायत महत्वपूर्ण जिम्मेवारीमा बसेका कर्मचारीहरुलाई राजनैतिक आस्था र हस्तक्षेपका आधारमा निर्धारित समयसम्म काम गर्न नदिई सरुवा गर्ने प्रबृत्तिले नगरका सम्पूर्ण विकासका योजनाहरुमा बाधा उत्पन्न हुँदै आएको छ’, ।

    भर्खरै सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत दिनानाथ लम्सालको एक महिना नपुग्दै गरिएको सरुवाले सो प्रमाणित गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    ‘नगरका प्रमुख कोरोना भाइरस संक्रमण भएर अस्पताल भर्ना भएको अवस्थामा गरिएको अधिकृतको सरुवा नियोजित हो र यस प्रकारको कार्य संघिय सरकारले नगरसंग समन्वय नगरी गरिएको सरुवा तथा निर्णय स्थानीय तहमा भएको प्रत्यक्ष हस्तक्षेप हो’, ज्ञापन पत्रमा भनिएको छ । हालै भएको प्रमुख प्रकासकीय अधिकृत दिनानाथ लम्सालको सरुवा खारेज गर्न माग गरि बुझाइएको ज्ञापन पत्रमा ८ जना वडा अध्यक्षहरुले हस्ताक्षर गरेका छन् ।

    नगरमा करीब एक महिना अघि सरुवा भएर आएका दिनानाथ लम्सालको पुनः सरुवा भएको छ । मेचीनगरमा नव आगन्तुक प्रमुख प्रशासकिय अधिकृतको रुपमा मोरङको रतुवा माई नगरपालिकाबाट सरुवा भई आउनु भएका खेमराज ओझालाई आज स्वागत गर्ने कार्यक्रम रहेको नगरपालिका श्रोतले बताएको छ ।

    प्रतिकृया दिनुहोस्