News Portal

  • थप २७३६ जनामा कोरोना संक्रमण पुष्टि, २२ जनाको मृत्यु

    रातोपोस्ट संवाददाता
    २७९ पटक

    काठमाडौं, २५ कात्तिक । देशभर २४ घण्टामा थप २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै २२ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्यावधिक विवरणअनुसार १२ हजार ९६० जनाको पीसीआर भएकोमा २ हजार ७३६ जनामा संक्रमण पुष्टि भएको हो ।

    संक्रमितमा १ हजार ५९ महिला र १ हजार ६७७ पुरुष रहेका छन् । यस्तै बितको २४ घण्टामा थप ८५३ जना निको भएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ भने निको हुनेको संख्या १ लाख ६० हजार ५७७ पुगेको छ ।

    यससँगै अब देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३५ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११४८ पुगेको मन्त्रालयको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)