News Portal

  • डा. प्रकाश चन्दलाई गालीगलौज गरेको भन्दै बी एण्ड सीका सञ्चालक दुर्गा प्रसाईंलाई जनस्वास्थ्यकर्मी महासंघद्वारा चेतावनी

    रातोपोस्ट संवाददाता
    १६२ पटक

    काठमाडौं, २५ कात्तिक । झापाको विर्तामोडस्थित बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँले प्रतिबन्धित नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव छाेरा डा. प्रकाश चन्दलाई गालीगलौज गरेको भन्दै अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले आपत्ति जनाएको छ ।

    डा. चन्द उक्त महासंघका महासचिव पनि हुन् । स्वास्थ्य माफियाहरुको नाम सार्वजनिक गरेको विषयमा प्रसाईंले चन्दलाई अश्लीलगाली गलौज गरेको महासंघको भनाइ छ ।

    महासचिव डा. चन्दले स्वास्थ्य माफिया र स्वास्थ्य भ्रष्टाचार नाइके र कर्तुतका विषयमा विभिन्न संघर्ष गरेका र माफियाको नाम किटान गरेको विषयलाई लिएर दुर्गा प्रसाईंले विभिन्न तुच्छ र धम्कीपूर्ण म्यासेज गरेपछि फोनमा विभिन्न घिनलाग्दा अश्लील शब्द, गालीगलौज र धम्कीपूर्ण कुरा गरेकोप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

    ‘सही समय र परिस्थितिमा भ्रष्ट माफियाले आफ्नो गुण्डागर्दी र भ्रष्ट कर्तुतको निकै महंगो र डरलाग्दो मूल्य चुकाउनुपर्नेछ’, महासंघले चेतावनी दिएको छ ।

    प्रतिकृया दिनुहोस्