News Portal

झापामा अक्सिजन बैंक स्थापनाको तयारी

रातोपोस्ट
४६७ पटक

झापा, २६ कात्तिक । कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएपछि जिल्लामा एकका लागि एक अभियानले अक्सिजन बैंक स्थापना गर्ने तयारी गरेको छ। बिर्तामोडमा स्थापना गरिने बैंकबाट घरमै उपचार गरिरहेका कोभिड-१९ का सङ्क्रमितलाई उपचारमा सहज सेवा दिने उद्देश्यले अभियानले अक्सिजन बैंकको स्थापना गर्नेे भएको हो।

अभियानका संयोजक महेन्द्रकुमार गिरीले सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गएको कारण अस्पतालमा बिरामीले बेड नपाउँदा श्वासप्रश्वासमा समस्या हुने भएपछि बिरामीलाई घरमै सेवा दिन अक्सिजन बैंकको स्थापनाको तयारी गरेको बताए। उनले १५ दिनभित्रमा १२ लाखको लागतमा २०० अक्सिजनका सिलिन्डरको भण्डारण गरेर बैंक सुरू गर्ने बताए।

उनले कोरोना सङ्क्रमणका कारण घरमै उपचार गराइरहेका आर्थिक रुपमा सामान्य, असहाय र विपन्न परिवारलाई निःशुल्क सिलिण्डर उपलब्ध गराउने भए पनि अन्यलाई भने सशुल्क सेवा दिइने बताएका छन्। रासस

प्रतिकृया दिनुहोस्