News Portal

बहराईनका प्रधानमन्त्रीको निधन

रातोपोस्ट संवाददाता
६४५ पटक

काठमाडौं, २६ कार्तिक। बहराइनका प्रधानमन्त्री शेख खालिफा बिन सलमान अल खालिफको निधन भएको छ ।

संसारमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेका खालिफाको अमेरिकामा उपचारका क्रममा निधन भएको हो । उनी सन् १९६९ मा बहराइनको प्रधानमन्त्री भएका थिए ।

बुधबार बिहान उनको निधन भएको बहराइनको राजदरबारले जनाएको अन्तराष्ट्रिय सञ्चार माध्यामहरुले जनाएका छन् ।

प्रतिकृया दिनुहोस्