News Portal

  • नेपालमा कोरोना संक्रमित संख्या २ लाखभन्दा बढी पुग्यो

    रातोपोस्ट संवाददाता
    २७४ पटक

    काठमाडौं, २६ कात्तिक । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख भन्दा बढी पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ६९ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २ लाख ३ हजार २९ पुगेको हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ६६६ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ६२ हजार २४३ जना निको भएका छन्।

    आज देशभर ३८ हजार ९१२ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा २६ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या ११७४ पुगेको छ।

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२६१ जना संक्रमित थपिएका छन्। काठमाडौंमा ९७६ भक्तपुरमा ८१ र ललितपुरमा २०४ जना थप संक्रमित भएका छन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)