News Portal

१ करोडको चेक बाउन्सको उजुरी परेपछि सुन्दर यातायातका अध्यक्ष थापा पक्राउ

रातोपोस्ट संवाददाता
५२६ पटक

काठमाडौं, २६ कात्तिक । सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापा पक्राउ परेका छन्। बैकिङ कसुरसम्बन्धी उजुरी परेपछि काठमाडौं प्रहरी परिसरले अध्यक्ष थापालाई बुधबार पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञावलीका अनुसार १ करोडको चेक बाउन्स भएको उजुरी आएपछि सुन्दर यातायातका अध्यक्ष थापालाई पक्राउ गरिएको हो।

झविन्द्र बन्जाडेले चेक बाउन्ससम्बन्धी मुद्दामा प्रहरीमा उजुरी दिएपछि पक्राउ गरिएको हो। पक्राउ परेका थापाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। थापाले विद्युतीय बस ल्याउने भनी धेरै व्यक्तिसँग रकम संकलन गरेको गुनासो आएको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)