News Portal

  • झापामा यसपाली देउसी-भैलो खेल्न नपाइने

    रातोपोस्ट संवाददाता
    ४५४ पटक

    झापा, २७ कात्तिक । जिल्ला प्रशासन कार्यालय झापाले तिहारमा खेल्ने सामूहिक देउसी–भैलो र नाचगानमाथि यसपाली रोक लगाउने निर्णय गरेको छ। साथै प्रशासनले छठ पर्व आआफ्नो घर आँगनमा मनाउन जिल्लावासी समक्ष अनुरोध समेत गरेका छन्।

    झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको संयोजकत्वमा बसेको बैठकले तिहार तथा छठ पर्वलाई लक्षित गरी तीन बुँदे निर्णय गरेको छ। कोरोना भाइरस सङ्क्रमणबाट बँच्न र बचाउन प्रशासनले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले जानकारी दिए।

    बैठकले कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै दीपावली अर्थात् तिहारमा देउसी भैलो, नाचगानलगायत भीडभाड हुने कुनै पनि कार्य नगर्ने र नगराउने निर्णय गरेको हो।

    त्यस्ता कार्य गर्ने व्यक्ति तथा समूहलाई कानुनबमोजिम कारबाही गर्ने र कोभिड संक्रमणलाई मध्यनजर गर्दै यस वर्षको छठ पर्व आ-आफ्नै घर आँगनमा कुण्ड बनाई पूजाआजा गरी मनाउन सबैमा अनुरोध गरेको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)