News Portal

  • प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल निवासमा

    रातोपोस्ट संवाददाता
    २९७ पटक

    काठमाडौं, २९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्न शीतलनिवास गएका छन् ।

    शनिबार साँझ ५ बजे ओली राष्ट्रपति भेट्न शितलनिवास पुगेका हुन् । ओलीसहित उनी पक्षीय अरु केही नेताहरु समेत शीतल
    निवास पुगेको बुझिएको छ ।

    पार्टीमा खटपट र विवाद हुने वित्तिकै ओली शीतल निवास जाने गर्दै आएका छन् । राष्ट्पति विद्यादेवी भण्डारीले समेत नेकपामा खटपट आउने वित्तिकै चासो लिएर नेताहरुलाई निवासमा बोलाउने र सम्झाउने गर्दै आएकी छन् ।

    राष्ट्रपतिको यो भूमिकाप्रति चर्को विरोध समेत हुने गरेको छ । नेकपामा बैठक नै राख्न नमान्ने केपी ओली र बैठकको माग गर्ने नेताहरुबीच केही समय चर्को विवाद देखिएको थियो ।

    त्यसपछि ओली कार्तिक २८ गते शुक्रबार सचिवालय बैठक बोलाउन सहमत भएका थिए । सो दिन बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका ५ नेताले पेश गरेको प्रस्ताव फिर्ता गर्न ओली पक्षीय नेताहरु दवाव दिइरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)