News Portal

  • पछिल्लो २४ घण्टामा थप १९४६ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

    रातोपोस्ट संवाददाता
    २९६ पटक

    काठमाडौं, २९ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप १९ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १९ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार ८ हजार ७५३ जनाको पीसीआर परीक्षण गर्दा १९ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ८ हजार २९९ पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमण मुक्त हुनेको संख्या २५०३ रहेको छ । मन्त्रालयका अनुसार योसहित संक्रमणमुक्त हुनेको संख्या १ लाख ७० हजार ६३२ पुगेको छ ।

    नेपालमा २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) बाट १३ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर १ हजार २१५ जना कोरोना संक्रमणबाट मृत्युको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)