News Portal

कोरोना संक्रमित गजुरेल ११ दिनपछि अस्पतालबाट डिस्चार्ज

रातोपोस्ट संवाददाता
४६० पटक

काठमाडौं, ३० कात्तिक । कोरोना भाइरस संक्रमित हास्यकलाकार मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज भएको खबर गजुरेल आफैंले सोसल मिडिया फेसबुकमार्फत् जानकारी दिएका हुन् ।

गजुरेललाई कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएयता होम आइसोलेशन बसिरहेका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि गत बुधबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।

गजुरेल ११ दिनपछि अस्पतालबाट घर फर्किएका हुन् । उनले आफ्नो फेसबुक पेजमा आइतबार बिहानै लेखेका छन्, ‘११ दिनको अस्पताल बसाईपश्चात् घर फर्किएर आराम गरिरहेको छ । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्कनेछु । ’

उनले उच्च स्तरको उपचार सेवा प्रदान गरेको भन्दै नेपाल एपिएफ अस्पताल परिवार र परिवारका सम्पूर्ण सदस्यहरु र शुभचिन्तकलाई धन्यवाद दिएका छन् । उनले महामारीबाट सकेसम्म आफू पनि जोगिन र अरुलाई पनि जोगाउन आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्