News Portal

पछिल्लो २४ घण्टामा थपिए १४७७ कोरोना संक्रमित, ६ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
४३१ पटक

काठमाडौं, ३० कार्तिक । पछिल्लो २४ घण्टामा देशभर १४७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ७ सय ९८ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म १ लाख ७३ हजार ४ सय ३० जना निको भएका छन्।

आज देशभर ३५ हजार १२५ सय जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घन्टामा ६ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार २ सय २१ पुगेको छ। पछिल्लो २४ घण्टामा ६ हजार ४७६ जनाको पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा देशभर ६ जनाको मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस्