News Portal

छिमेकीको हत्या गरेको अभियोगमा पासवान पक्राउ

रातोपोस्ट संवाददाता
५१७ पटक

सर्लाही,०१ मङ्सिर । आफ्नै छिमेकी २८ वर्षीय अजय पासवानलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ। मलंगवा नगरपालिका-६ खुटौना बस्ने ३६ को बिनोद पासवानलाई आइतबार बिहान पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

बिनोदले धारिलो हतियार प्रहार गर्दा अजयको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खुटौना र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्