News Portal

नीतिगत बहस गरौं, आरोपप्रत्यारोपमा नउत्रियौं : प्रदीप ज्ञवाली

रातोपोस्ट संवाददाता
५१२ पटक

काठमाडौं, १ मंसिर । परराष्ट्रमन्त्री एवं नेकपा नेता प्रदीप ज्ञवालीले पार्टी एकता अप्ठ्यारोमा पुगेको बताएका छन् । सोमबार साँझ ट्विट गर्दै नेता ज्ञवालीले एकता अप्ठ्यारोमा पुगे पनि रक्षा गर्न प्रयास जारी रहेको बताएका हुन्।

‘पार्टी एकता अप्ठ्यारोमा छ, तर एकताको रक्षा गर्ने प्रयास पनि जारी छ,’ उनको ट्विटमा लेखिएको छ। उनले पार्टी एकतामा देखिएका संकटका बादलहरू हटेर जाने अपेक्षा समेत व्यक्त गरेका छन् । नेताहरू नीतितग विषयमा भन्दा आरोप प्रत्यारोपमा उत्रिएकाले पार्टी एकता धरापमा परेको उनको संकेत छ।

‘कमरेडहरूलाई आग्रह छ, नीतिगत वहस गरौँ, आरोप प्रत्यारोप नगरौँ । एउटै डुंगामा छौं र भोलि कुनै घुम्तीमा अवश्य जम्काभेट हुनेछ। आहानै छ, खाना खाँदा पानी खाने ठाउँ बाँकी राख्नु पर्छ,’ उनको ट्विटमा लेखिएको छ।

पछिल्लो समय नेकपाका अध्यक्षद्वयहरू पत्रयुद्धमा लागेपछि नेकपाको विवाद चर्किएको छ। पार्टीमा गत शुक्रबार अध्यक्षद्वयका पत्रहरू सबै सचिवालय सदस्यलाई वितरण गरिएको थियो। मंसिर ३ गतेका लागि बोलाइएको सचिवालय बैठकमा यस विषयमा थप छलफल हुने बताइएको छ।

प्रतिकृया दिनुहोस्