News Portal

  • नेवार समूदायले किजा पूजा मनाउँदै, आज सार्वजनिक बिदा

    रातोपोस्ट संवाददाता
    ४०८ पटक

    काठमाडौं, २ मंसिर । नेवार समूदायले आज किजा पूजा अर्थात् भाइ पुजा मनाउँदै छन् ।

    नेवार समूदायमा यो तीन दिनको चाड स्वन्ति नख: मा खेतबाट आएको धान भित्र्याउने र वर्षभरीको हिसाब–किताब सम्पन्न गर्ने अर्थात साल तामाम गर्नुका साथसाथै आफ्नो शरीरलाई पूजा गरी नयाँ वर्षका लागि संघर्ष गर्दै अगाडि बढ्नका लागि आवश्यक पौष्टिकतत्व ग्रहण गर्ने पर्वको रुपमा लिएको पाइन्छ ।

    किजा पूजामा भाइको पूजा गर्ने र दीर्घायूको कामना गर्ने गरिन्छ । हरेक मानिस भित्रको देउता अनि दिदिीहिनीबीचको आत्मीयताकालागि नेवा: समूदायमा तिहार प्रसिद्ध छ । किजा पूजाको दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)