रातोपोस्ट संवाददाता

स्याङ्जा, २ मङ्सिर । अरिङ्गालको टोकाइबाट स्याङ्जामा एक बालिकाको निधन भएको छ ।
सोमबार दिउँसो भाइटिका लगाउन जाने क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जाका अध्यक्ष सुर्य प्रसाद गैह्रे शर्मा ‘पारस’ की छोरी अतिथि शर्माको अरिङ्गालले टोकेर निधन भएको हो ।
पुतलीबजार नगरपालिका–१४ स्थित लामागे निवासी अतिथिलाई माथिल्लो घरबाट तल्लो घरमा भाइटिका लगाउन जाँदा अरिङ्गालले टोकेर घाइते बनाएको थियो ।
अतिथिको पोखरास्थित गण्डकी अस्पतालमा उपचारको क्रममा निधन भएको बोगटीले बताए । अतिथिको मंगलवार पोखराको सेती नदीमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ । नेकपा स्याङ्जा अध्यक्ष पारसको परिवारमा श्रीमती र एक छोरा छन् ।