News Portal

  • नेकपा विवादमा चिनियाँ राजदूत यान्छीको सक्रियता, मध्यरातमा प्रधानमन्त्रीसँग भेटवार्ता

    रातोपोस्ट संवाददाता
    ४६६ पटक

    काठमाडौं, मंसिर ३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको विवादलाई साम्य पार्नका लागि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले  पुनः सक्रियता बढाएकी छिन् ।

    नेकपा विवाद छताछुल्ल भएर उत्कर्षमा पुगेका बेला नेपालस्थित चिनीयाँ राजदूत होउ यान्छीले विगतमा झैँ पुन: सक्रियता बढाएकी हुन् । यान्छीले गएराती (मंगलबार)  प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् ।

    करिब दुई घण्टा यान्छीले ओलीसँग भेटवार्ता गरेकी थिईन् । ओलीले राजदुत यान्छीसँग छलफल गरिसकेपछि राती नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए । भेटमा यान्छीले विवाद मिलाएर अघि बढ्न सुझाव दिएको बुझिएको छ ।

    स्रोतका अनुसार चिनियाँ राजदूतले मंगलबारै राष्टपति विद्यादेवी भण्डारीलाई पनि भेट गरेकी थिईन । यसअघि असार र बैशाखमा पनि नेकपा विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूत यान्छी सक्रिय भएपछि केहि समयका लागि नेकपाको विवाद सुल्झेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)