News Portal

बैठकका लागि समय अगावै बालुवाटार पुगे प्रचण्ड, सचिवालय बैठकअघि दुई अध्यक्षबीच छलफल हुने

रातोपोस्ट संवाददाता
३७५ पटक

काठमाडौं, ३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालय बैठकको निर्धारित समयभन्दा केही अघि नै बालुवाटार पुगेका छन्।

बैठकअघि दुई अध्यक्षबीच अनौपचारिक छलफल हुने बुझिएको छ। एकै समयमा पारिएको सचिवालय र मन्त्रिपरिषद्को बैठक आपसी सहमतिमा एक घन्टा सारिएको छ। आजको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डले सम्बोधन गर्नेछन् र सचिवालय केही दिनका लागि स्थगित हुनेछ।

यसअघि प्रचण्डले पेश गरेको दस्तावेज तथा अन्य कुनै प्रस्तावमाथि छलफल भने नहुने बुझिएको छ। केही दिनलाई ‘कुलिङ पिरियड’का रुपमा लिएर छलफल सारिने देखिएको छ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)