News Portal

  • नेकपा सचिवालय बैठक सुरु

    रातोपोस्ट संवाददाता
    २६७ पटक

    काठमाडौं, ३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बै‌ठक बालुवाटारमा सुरु भएको छ। कात्तिक २८ गतेको बैठकको निर्णय अनुसार भर्खरै बैठक बालुवाटारमा सुरु भएको हो।

    बुधबारका लागि तय भएको सचिवालय बैठक केही दिन पछि सार्न प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले गरेको प्रस्तावमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति नजनाएपछि निर्धारित समयमै बैठक सुरु भएको हो।

    कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले ओलीमाथि दर्जनौं आरोप लगाउँदै १९ पृष्ठको प्रस्ताव पेस गरेपछि शीर्ष नेताकै बीच आरोप–प्रत्यारोपले नेकपाको विवाद चरम बिन्दुमा पुगेको छ।

    ओली पक्षका नेताहरू दाहालको प्रस्ताव फिर्ता लिनुपर्ने अडानमा छन्। बुधबारको बैठकमा समेत ओलीले उक्त प्रस्ताव फिर्ता गर्न अनुरोध गर्ने अनुमान गरिएको छ। प्रचण्डले २८ गतेको बैठकमा पेश गरेको राजनीतिक प्रस्ताव ‘प्रस्ताव’नभएर ‘कथित आरोपपत्र’ भएको ओली पक्षको बुझाइ छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)