
झापा, ३ मंसिर । झापामा पछिल्लो २४ घण्टाभित्र थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ९ महिला र २१ जना पुरुष रहेका छन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमित हुनेमा भद्रपुर नगरपालिकामा १ महिला र ८ पुरुष, बिर्तामोडमा २ महिला र ६ पुरुष, दमकमा ३ महिला र २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, अर्जुनधारामा २ महिला, गौरादहमा १ महिला र १ पुरुष, कमलमा २ जना पुरुष, शिवसताक्षी र झापा गाउँपालिकामा १-१ जना पुरुषमा संक्रमण भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा झापामा कोरोना संक्रमणबाट चार जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा दमकका ८२ वर्षिय पुरुष , अर्जुनधाराका ७३ वर्षिय पुरुष , बुद्धशान्तिका ६७ वर्षिय पुरुष र कमलका २८ वर्षिय पुरुष रहेका छन् । योसँगै झापामा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८८ पुगेको जनाइएको छ ।