News Portal

बुधबार थपिए १४४२ कोरोना संक्रमित, १२ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
९३३ पटक

काठमाडौं, ३ मंसिर । बितेको २४ घण्टामा देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै, सोही समयावधिमा ३५३८ जना संक्रमित कोरोनामुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार हाल सक्रिय संक्रमितको संख्या २८,८७८ छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १२ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म मृत्यु हुनेहरूको कुल संख्या १ हजार २ सय ५९ पुगेको छ।

प्रतिकृया दिनुहोस्