News Portal

दोलखामा बाँदर आतंक,सम्बन्धित निकायले बेवास्ता गर्दा किसान मर्कामा

रातोपोस्ट संवाददाता
८०२ पटक

दोलखा,०४ मङ्सिर । दोलखामा बाँदरले दुःख दिँदा त्यहाँका किसान पिडामा परेका छन्,। जिल्लाकाे भिमेश्वर नगरपालिका अन्तर्गत सिमपानी, मकैबारी,घगारे,रामकोट, मैदाने लगायत अधिकांश स्थानमा ९ महिना देखि बादँरले दुःख दिँदा त्यहाँका कृषक पिडामा परेका हुन । स्थानीय वासिन्दाका अनुसार बिहान उठेदेखि बेलुका नसुत्दा सम्म खेतबारीमा बाली कुरेर बस्नुपर्ने बाध्यता रहेको छ ।

पिडित स्थानिय बासिन्दाले आफ्नो दुःख पाेख्दै भने,- यत्रो दुःख गरेर लगाएको बाली बाँदरले नष्ट गर्ने, खाने, धपाउन जाँदा मान्छे समेत कुट्न आउने जस्ता क्रियाकलाप गरेकोले हामि आजित भएर स्थानिय सरकारलाई गुहार्दा समेत केही गरे जस्तो आश्वासन दिने तर उचित ढङ्गले समस्याकाे समाधान नगर्ने र पिडितहरूलाई बेवास्ता गर्ने गरेकाे पाइन्छ ।

सम्बन्धित निकायले यसको व्यवस्थापन गर्न केहि गरिदिए यहाँका किसानलाई केहि राहत हुने थियो तर स्थानिय सरकार पिडित किसानका समस्या सुने जस्तो गर्ने तर उचित समस्याको समाधान तर्फ ध्यान नदिँदा यहाँका किसान थप मर्कामा परेको स्थानीय बासिन्दा बताउँछन् ,।

प्रतिकृया दिनुहोस्