News Portal

नेपालमा थप २१०३ जनामा कोरोना पुष्टि, १७ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
५२९ पटक

काठमाडौं, ४ मङ्सिर । नेपालमा थप २१०३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल २१०३ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

अहिलेसम्म कुल २ लाख १५ हजार २० संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २८ हजार १०६ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २५ सय ५८ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म एक लाख ८५ हजार ६३८ जना संक्रमण मुक्त भएका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२७६ पुगेको छ ।

प्रतिकृया दिनुहोस्