News Portal

  • झापामा थप ७५ जना कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

    रातोपोस्ट संवाददाता
    ७१३ पटक

    झापा, ४ मंसिर । झापामा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३५ जना महिला र ४० जना पुरुष रहेका छन् ।

    आज सबैभन्दा बढी दमक नगरपालिकामा २० जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । दमकमा १० जना महिला र १० जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

    यस्तै, बिर्तामोडमा ११ जना थपिएका छन् । ५ जना महिला र ६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यसैगरी, भद्रपुर र मेचीनगरमा ७/ ७ जनामा पनि संक्रमण भएको छ । भद्रपुरका ३ महिला र ४ पुरुष तथा मेचीनगरका २ महिला र ५ पुरुषमा संक्रमण भएको हो ।

    यसैगरी, झापा गाउँपालिकामा ४ महिला र २ पुरुष, अर्जुनधारामा १ महिला र ४ पुरुष, गौरादहमा १ महिला र ३ पुरुष, कमलमा ३ महिला र १ पुरुष, कनकाईमा २ महिला र २ पुरुष, हल्दिबारीमा ३ महिला, शिवसताक्षीमा १ महिला, १ पुरुष, र बुद्धशान्ति र गौरीगञ्जमा १-१ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

    हालसम्म झापामा कुल संक्रमितको संख्या ३ हजार १६८ पुगेको छ भने कोरोना जितेर घर फर्किनेको संख्या १ हजार ९८५ रहेको छ । यस्तै, सक्रिय संक्रमित भइ आइशोलेसनमा उपचाररतको संख्या १ हजार ९५ रहेको छ । पछिल्लो २४ घण्टामा झापामा कोरोना संक्रमणबाट थप २ जना पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमणकाे कारण झापामा मृत्यु हुनेको संख्या ९० पुगेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)