News Portal

दुई श्रीमती हुँदाहुँदै वडाध्यक्षले अर्कैकी श्रीमती लिएर फरार

रातोपोस्ट संवाददाता
८३२ पटक

सल्यान, ४ मंसिर । सल्यानको बन्गाडकुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्र कुमाई दुई पत्नी हुँदाहुँदै अर्काकी पत्नी लिएर भागेका छन् ।

उनी गाउँकै गौरी बोहरालाई भगाएर फरार भएको प्रहरीले जनाएको छ ।

दुवैको खोजीका लागि सबै नाकाहरुमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले बताए ।

उनका अनुसार यसअघिका पत्नीहरूले प्रहरीमा उजुरी दिएपछि बहुविवाहको मुद्दा अघि बढाउने तयारी गरिएको छ ।

प्रतिकृया दिनुहोस्