News Portal

  • पत्रकार गोकर्ण गौतमको निधन

    रातोपोस्ट संवाददाता
    २९२ पटक

    काठमाडौं, ४ मंसिर । पत्रकार गोकर्ण गौतमको ३१ बर्षको कलिलो उमेरमा निधन भएको छ। गौतमको बिहीबार बिहान न्यूरो अस्पताल बाँसबारीमा उपचारको क्रममा निधन भएको परिवारले जनाएको छ।

    मष्तिष्कको नशामा समस्या आएपछि ३ दिन अगाडी उनी अस्पताल भर्ना भएका थिए। न्यूरो अस्पतालमा उनको शल्यक्रिया भएको थियो।टाउको दुख्ने समस्याले च्यापेपछि अस्पताल भर्ना भएका उनको शल्यक्रिया गर्दा रक्तश्राव भइ बिहीबार बिहान निधन भएको हो। हाल उनी कान्तिपुर दैनिकमा कार्यरत थिए।

    कला,साहित्य सम्बन्धी कलम चलाउँदै आएका पत्रकार गौतमको बिहीबार बिहान साढे ११ बजे बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्युरो अस्पताल)मा निधन भएको हो। मष्तिष्कको नशामा समस्या आएपछि उनी सोमबार अस्पताल भर्ना भएका थिए।

    पत्रकारितामा स्नातकोत्तर गरेका उनी हेटौंडाका स्थायी बासिन्दा हुन। गौतमले काठमाडौँमा बसेर पत्रकारिता गर्दै आएका थिए ।पत्रकार गौतम समसामियक विषयवस्तु तथा सामजिक विषयहरुमा पनि कलम चलाउँथे ।

    उनले अंग्रेजी पत्रिका न्यूपेपर, देशान्तर, नेपाल म्यागजिनमा पनि काम गरेका थिए। उनका श्रीमती, आमाबुवा र तीन दाइ छन्। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएकाे छ। उनको निधनमा कलाकार,राजनीतिकर्मी आफन्तजन तथा शुभचिन्तकले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)