News Portal

छठको अवसरमा प्रदेश २ मा सार्वजनिक बिदा

रातोपोस्ट संवाददाता
५२६ पटक

काठमाडाैं, ५ मंसिर । छठ पर्वको अवसरमा प्रदेश २ सरकारले आज र भोलि (मंसिर ५ र ६ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री लालबहादुर राउतले छठ पर्वको अवसरमा शुभकामना सन्देश दिनुहुँदै शुक्रबार र शनिबार प्रदेशमा सार्वजनिक बिदा दिइएको जानकारी गराएका हुन ।

‘प्रदेश सरकारले स्थापनाकाल देखि नै छठ पर्वको अवसरमा (षष्ठी र सप्तमी) दुई दिन बिदा दिने गरेको छ,’ राउतले शुक्रबार बिहान जारी गरेकाे शुभकामना सन्देशमा भनिएको छ, ‘यस वर्ष पनि दुई दिन (शुक्रबार र शनिबार) सार्वजनिक बिदा प्रदेश सरकारको वर्षीक क्यालेन्डरमै सार्वजनिक गरिसकेको हुँदा कुनै प्रकारको अलमलमा नपर्न आग्रह गर्दछौँ।’

प्रदेश २ सरकारले कारोना महामारीमा स्वास्थ्य सतर्कता अपनाएर हर्सोल्लासपूर्वक छठ पर्व मनाउन पनि आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्