News Portal

  • ब्राउन सुगरसहित मेचीनगरबाट २ जना पक्राउ

    रातोपोस्ट संवाददाता
    ५९ पटक

    झापाा, ५ मंसिर । झापाको मेचीनगरबाट प्रतिबन्धित ब्राउन सुगरसहित बिहीबार साँझ २ जना पक्राउ परेका छन् ।

    साँझ ६ बजे मेचीनगर नगरपालिका वडा नम्बर १५ हेल्दुबारीबाट बिशेष सूचनाको आधारमा प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरी टोलीले बा३८प ३८८५ नम्बरकाे मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार मेचीनगर नगरपालिका वडा नं.१५ ज्यामिरगढी बस्ने २४ वर्षिय बिष्णु राजबंशी र सोही वडाको पानबस्ती बस्ने १८ वर्षिय सागर पाहानलाई ब्राउनसगुरसहित पक्राउ गरेको हो ।

    उनीहरुको साथबाट ११.०६ ग्राम ब्राउनसुगर,नगद ८१ हजार १ सय नेपाली रुपैयाँ, १ सय १० भारतीय रुपैयाँ र २ थान मोबाइल बरामद गरिएको छ । दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।

    प्रतिकृया दिनुहोस्