News Portal

३ विदेशी नागरिकलाई देशनिकाला गर्ने सरकारको निर्णय

रातोपोस्ट संवाददाता
७७९ पटक

काठमाडौं, ५ मंसिर । सरकारले तीन जना विदेशी नागरिकलाई नेपालबाट निकाला गर्ने निर्णय गरेको छ। लामो समयदेखि गैरकानूनी रुपमा नेपाल बसिरहेका अष्ट्रलियाका एक जना र यमनका २ जनालाई देश निकाला गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिएका हुन्।

अस्ट्रेलियाका नागरिक लेस्ली डेन्गेटले बुझाउनुपर्ने विलम्ब शुल्क १२ हजार ७ सय ३० अमेरिकी डलर र जरिवाना बराबरको ५० हजार मिनाहा गरी देश निकाला गरिने भएको हो।

यस्तै यमन गणज्यका नागरिकहरु मोहम्मद स्मेल अहमद ओवादी र नासिम स्मेल अहमद ओवादीले बुझाउनुपर्ने भिसा दस्तुर ३ हजार ६६ अमेरिकी डलर, विलम्ब शुल्क ५ हजार ११० अमेरिकी लडर र जरिवाना बापतको १ लाख मिनाहा गरी दुवै जनालाई देशनिकाला गर्ने निर्णय पनि सरकारले गरेको हो।

प्रतिकृया दिनुहोस्