News Portal

सताक्षी प्रेस क्लबको अध्यक्षमा सेलिङ्ग केसी, पत्रकारिता पुरस्कारबाट राई सम्मानित

रातोपोस्ट संवाददाता
४९८ पटक

झापा, ६ मंसिर । सताक्षी प्रेस क्लबको अध्यक्षमा सेलिङ्ग केसी चयन भएका छन् । शनिबार शिवसताक्षीको दूधेस्थित राष्ट्रिय रमणीय आदर्श माविको सभाहलमा दोस्रो अधिवेशनले दुई बर्षेकाे लागि केसीलाई अध्यक्षमा चयन गरिएकाे हाे ।

अधिवेशनबाट समितिको उपाध्यक्षद्वयमा दिलिप घिमिरे र सरोज भट्टराई, सचिवमा शान्तिराम बस्नेत, कोषाध्यक्षमा आकृति तिम्सिना, सहसचिवमा गोविन ल्वागुन सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरुमा तेजेन्द्र घिमिरे, भगीहाङ नेम्बाङ, पवन चाम्लिङ राई, सोनिका राई, सूर्य कुइकेल, जीवनसिंह राजवंशी रहेका छन् भने अर्का एकजना समितिको बैठकले चयन गरिने भएकाे छ ।

अधिवेशनले सल्लाहकार संयोजकमा छबिलाल दवाडी र सदस्यहरुमा पदमप्रसाद दाहाल, डामकुमार कुँवर, चन्द्रप्रसाद खनाल र उदयप्रकाश राई रहने समितिले चयन गरेको हो । सताक्षी प्रेस क्लबले स्थापना गरेको मनहाङ सेलिङ स्मृति पत्रकारिता पुरस्कारबाट विगत दुई दशकदेखि सोही क्षेत्रबाट पत्रकारिता पेशामा क्रियाशील सञ्चारकर्मी अनिलदेव राईलाई नगद ५ हजार ५ सय ५५ रुपैंया राशीसहित सम्मान गरिएको छ । सम्मान पत्रसहित राशिको सो पुरस्कार शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा, नेपाल पत्रकार महासंघ, झापाका उपाध्यक्ष एकराज गिरीले हस्तान्तरण गरेका थिए ।

अधिवेशनमा प्रमुख अतिथिका रुपमा शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा, विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ, झापाका उपाध्यक्ष एकराज गिरी, नेपाल रेडक्रस सोसाइटी, उपशाखा शिवसताक्षीका सचिव गोविन्द काफ्ले, सतासी मिडिया प्रालिका अध्यक्ष योगेन लावती, सम्मानित सञ्चारकर्मी अनिलदेव राई, सतासीधाम जेसीज वर्ष २०२० की कोषाध्यक्ष जेसी निर्मला प्रधान लगायतले बोलेका थिए । प्रेस क्लबका अध्यक्ष छबिलाल दवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष सेलिङ केसीले गरेका थिए भने दिलिप घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्