News Portal

  • पछिल्लो २४ घण्टामा थप १६६९ कोरोना संक्रमित, १६ जनाको मृत्यु

    रातोपोस्ट संवाददाता
    ६३० पटक

    काठमाडौं, ७ मङ्सिर । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयले आइतबार गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार बितेको २४ घण्टामा ५ हजार ६९९ जना निको भएका छन् । मन्त्रालयको अनुसार बितेको २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएसँगै कुल मृत्यु हुनेको संख्या १ हजार ३२१ पुगेको छ ।

    आइतबारसम्म नेपालमा १९ हजार ९६३ जना सक्रिय संक्रमित रहेका छन् भने निको हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ । १९ हजार ९६३ जना आइशोलेशनमा छन् भने क्वारेन्टाइनमा ६८६ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । नेपाल हालसम्म १६ लाख ६० हजार ७५ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)