News Portal

मेचीनगरबाट लागुऔषध ब्राउनसहित ४ जना पक्राउ

रातोपोस्ट संवाददाता
८०० पटक

झापा, ७ मंसिर । झापाकाे मेचीनगरस्थित इलाका प्रहरी कार्यालय काँकरभिट्टाले लागुऔषध ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिदार्थ टोलका असान्ति राजबंशीको घरमा डेरा गरी बस्ने सिताराम आङदेम्बे र मनिता आङदेम्बेल, धरान निवासी कल्याण राई र रिजन लकान्द्रीलाई लागुऔषध ब्राउन सुगर बेच्दै गर्दा प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाको टोलीले आइतबार दिउसो ४ बजेतिर मेचीनगर–७ स्थित सिदार्थ टोलबाट पक्राउ गरेको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले बताए । पक्राउ परेका आङदेम्बेको साथबाट १३ ग्राम ब्राउन सुगर, राई र लकान्द्रीबाट १५ ग्राम ब्राउन सुगरसहित नगद १ लाख ३३ हजार समेत बरामद गरिएको प्रहरीले जानकारी दिएकाे छ ।

पक्राउ परेका ४ जनालाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कानुन अनुसार कारवाही हुने इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्