News Portal

  • मेचीनगर नगरपालिकाका प्रमुख आचार्य उपचारपछि घर फर्के

    रातोपोस्ट संवाददाता
    २९० पटक

    झापा, ८ मंसिर । झापाको मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्य ३९ दिनको उपचारपछि आइतवार भारतको सिलिगुढीबाट घर फर्केका छन् । कोभिड १९ को संक्रमणसँगै फोक्सोमा इन्फेक्सन भएर उनी उपचारका लागि सिलिगुढीको किन्स हस्पिटलमा भर्ना भएका थिए ।

    कोरोना र फोक्सोको इन्फेक्सनको सफल उपचारपछि नगरप्रमुख स्वास्थ्यलाभ गरेर घर फर्केको नगरपालिकाका प्रेस सल्लाहकार लक्ष्मी उप्रेतीले बताए । नगरप्रमुख आचार्य आइतबार साँझ मात्र काँकरभिट्टास्थित निजी निवासमा आइपुगेका हुन् । असोज २८ गते पीसीआर पोजेटिभ भएपछि कार्तिक ४ गते आचार्यलाई विराटनगरको नोवेल हस्पिटलमा भर्ना गरिएको थियो । कार्तिक ११ गते उनलाई थप उपचारका लागि भारतको सिलिगुढीस्थित किन्स हस्पिटलमा लगिएको थियो ।

    किन्सले उनलाई एक साता अघि मात्र हस्पिटलबाट डिस्चार्ज दिएको थियो । त्यसपछि उनी सिलिगुढीमै बसेर फ्लोअपमा धाइरहने गरेका थिए । अझै केही समय फ्लोअपमा गइरहनु पर्ने भएको हुँदा उनलाई चिकित्सकहरुले नेपाल फर्किन अहिले नै अनुमति दिन चाहेका थिएनन् । तर नेपाल फर्केर फ्लोअपमा आइरहने र आइसोलेसन (भीडभाडमा नजाने गरी) बस्ने गरी घर जान चिकित्सकहरुले अनुमति दिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)