News Portal

विप्लव नेकपाका लमजुङ ईन्चार्ज आक्रोशसहित ५ जना पक्राउ

रातोपोस्ट संवाददाता
६७७ पटक

पोखरा, ८ मंसिर । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका लमजुङ तथा मनाङ ईन्चार्ज जंगबहादुर भण्डारीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लमजुङ प्रहरीलाई उनीहरुलाई गएराती पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयका बरिष्ठ प्रहरी उपरिक्षक एसएसपी किरण राणाले जानकारी दिए ।

ईञ्चार्ज पाएर कार्यक्षेत्रमा गएको पहिलो दिनमै ईञ्चार्ज भण्डारी पक्राउ परेको नेकपा निकट श्रोतले बताएको छ । पक्राउ पर्ने अन्यहरुमा नेकपा लमजुङका सेक्रेटरी गौरव, युवा अध्यक्ष रवीन्द्र नखुला, नारायण कुवँर र दुर्गा मंगल रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्