News Portal

२४ घण्टामा थप १९८० जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
५१७ पटक

काठमाडौं, ८ मंसिर। नेपालमा कोरोना भाइरसका आज थप १९ सय ८० जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २ लाख २२ हजार २ सय ८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ३ हजार ४३ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख २ हजार ६७ सय जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १३३७ पुगेको छ ।

प्रतिकृया दिनुहोस्