News Portal

धाइजनको कोभिड अस्पताल अब सञ्चालनमा आउने

रातोपोस्ट संवाददाता
५३७ पटक

झापा, ८ मंसिर । झापाकाे मेचीनगर नगरपालिकाले धाइजनमा रहेको कोभिड अस्पताल सञ्चालनमा ल्याउने भएको छ । नगरपालिका कार्यपालिकाको आजको बैठकले धाइजनमा रहेको कोभिड अस्पताललाइ सञ्चालन गर्नका लागि डाक्टर, स्टाफ नर्स, कर्मचारी र थप अक्सिजन ल्याउन प्रकिया शुरु गर्ने निर्णय गरेको उपप्रमुख मिना पोखरेल उप्रेतीले बताइन् ।

कोभिड अस्पतालकाे लागि १ जना एमविविएस डाक्टर, २ जना स्टाफ नर्स र १ जना कार्यालय सहयोगी माग गर्ने निर्णय गरिएको त्यसका लागि सूचना आह्वन गरिने उपप्रमुख उप्रेतीले जानकारी दिइन् । उपप्रमुख उप्रेतीले बताइन् । त्यसका लागि सूचना आह्वन गरिने बताइएको छ ।

हाल आइसोलेसन वर्डामा १५ वटा अक्सिजन रहेकोमा त्यसलाई बढाएर ५० वटा पुर्याउने समेत निर्णय गरिएको छ ।

प्रतिकृया दिनुहोस्