News Portal

१ नम्बर प्रदेशमा चलचित्र महोत्सव हुने

रातोपोस्ट संवाददाता
९०० पटक

काठमाडौं, ८ मंसिर । नेपाल चलचित्रकर्मी महासंघ १ नम्बरले आउँदो वैशाखमा ‘नेपाली चलचित्र महोत्सव प्रदेश १’ आयोजना गर्ने भएको छ।

नेपाल चलचित्रकर्मी महासंघका अध्यक्ष अरुण कुमार प्रधानका अनुसार कोरानाका कारण सुस्ताएको फिल्म उद्योगलाई चलायमान बनाउन र प्रदेश नं १ मा भएका चलचित्र सम्बन्धि क्षेत्रलाई प्रोत्साहन गर्न महोत्सव आयोजना गरिएको हो। महोत्सवमा प्रदेश १ मा बनेका फिल्म र सर्ट फिल्म प्रदर्शन गरिने उनले बताए । महोत्सवमा चलचित्र सम्बन्धि कार्यशाला र फिल्मकर्मीलाई सम्मान गरिनेछ।

उनका अनुसार २०७६ मा प्रदेश नं १ सरकारले चलचित्र महोत्सव गर्ने तयारी गरे पनि विभिन्न कारणले रोकिँदा फिल्मकर्मीलाई पीडाबोध भएको । अन्तक्रिया कार्यक्रमका महासचिव दिनेश कोइरालाले नेपाल चलचिकर्मी महासंघ प्रदेश नं १ मा हालसम्म १३ वटा पेशागत संघसंस्था आवद्ध रहेको जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्