News Portal

ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

रातोपोस्ट संवाददाता
९७३ पटक

चितवन, ८ मंसिर । चितवनमा आज साँझ एलपी ग्यास बोक्ने बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको एनएल ०१ एल २४६० नम्बरको भारतीय ग्यास बुलेटले राप्ती नगरपालिका ७, हर्दिचोकमा प्रदेश नम्बर ३-००२ प ११८ नम्बरको मोटरसाइकललाई साँझ साढे ६ बजे ठक्कर दिएको थियो ।

ठक्करबाट सोही नगरपालिका ५ का नवराज दनै र सचिन दनै सख्त घाइते भएका थिए । उनीहरुको उपचारका लागि भरतपुरतर्फ ल्याउँदा बाटोमै मृत्यु भएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । प्रहरीले ग्यास बुलेटका चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्