News Portal

नेपालमा २४ घण्टामा १७ सय ९० संक्रमित थपिए, २४ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
४९९ पटक

काठमाडौं, ९ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २७ सय ९१ जना डिस्चार्ज भएका छन, भने २४ जनाकाे मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ भने २ लाख ४ हजार ८५८ जनाले कोरोना जितेका छन् । अहिले सक्रिय संक्रमितको संख्या भने १७ हजार ८५९ रहेको मन्त्रालयले जनाएको छ ।

कुल १६ लाख ८१ हजार २९९ जनाको पीसीआर भएको नेपालमा अहिले क्वारेन्टिनमा ६२७ जना रहेका छन् ।

प्रतिकृया दिनुहोस्