News Portal

झापामा १ सय ११ जना कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
६४५ पटक

झापा, ९ मंसिर । झापामा पछिल्लो २४ घण्टामा थप १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ५१ महिला र ६० पुरुष रहेका छन् ।

जिल्लामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना महिला भद्रपुरका र १ जना पुरुष रहेका छन् । योसँगै झापामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९९ पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

आज थपिएका संक्रमितहरु सबै स्थानिय रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमितहरु दममका ११, बिर्तामोडका २३, गौरादहका २६, मेचीनगरका ४, भद्रपुरका ५, कन्काईका ९, हल्दिबारीका ३, बुद्धशान्तिका ६, अर्जुनधाराका ५, बाह्रदशीका १, कचनकवलका ४, शिवसताक्षीका ४, कमलका २ र अन्य ठेगाना भएका ८ जना गरि १११ जना रहेको स्वास्थ्य कार्यालय झापाका फेकल पर्सन जीवन चौलागाईंले बताए।

योसँगै हाल झापामा कुल संक्रमितको संख्या ३ हजार ४ सय ७२ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या २ हजार ३ सय २९ रहेको छ । हालसम्म सक्रिय संक्रमितको संख्या १ हजार ४४ जना रहेको छ ।

प्रतिकृया दिनुहोस्