News Portal

  • कोरोना संक्रमणबाट भारतीय कांग्रेसका वरिष्ठ नेता अहमद पटेलको निधन

    रातोपोस्ट
    ४२१ पटक

    एजेन्सी, १० मंसिर । भारतीय कांग्रेसका वरिष्ठ नेता अहमद पटेलको निधन भएको छ । झण्डै एक महिना अघि कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएका ७१ वर्षका पटेलको गएराति साढे ३ बजेतिर निधन भएको परिवारले बताएका छन् ।

    एकैपटक विभिन्न अंगले काम गर्न छाडेपछि उनको निधन भएको पटेलका छोरा फैसलले ट्वीट गरेर जानकारी दिएका छन् । उनले कोरोना भाइरसको संक्रमणबाट जोगिन सबै नियमको कडाईका साथ पालना गर्न र व्यक्तिगत दुरी कायम गर्न तथा सामूहिक कार्यक्रम आयोजना नगर्न सबैलाई सुझाव पनि दिएका छन् ।

    पटेल कांग्रेस पार्टीका कोषाध्यक्ष थिए । पटेल कांग्रेस प्रमुख सोनिया गान्धीको राजनीतिक सल्लाहकार रहेका बेलासम्म निकै शक्तिशाली रहे ।

    उनी सन् १९८५ मा राजीव गान्धीको संसदीय सचिव बनेका थिए । उनी कांग्रेस पार्टीको कोषाध्यक्षको रुपमा २०१८ मा नियुक्त भएका थिए । आठ पटक सासंद् बनेका पटेल तीन पटक लोकसभामा र पाँच पटक राज्यसभामा चुनिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)