News Portal

बिर्तामोडकी उपमेयरलाई कोरोना

रातोपोस्ट संवाददाता
५४१ पटक

बिर्तामोड, १० मंसिर । बिर्तामोड नगरपालिकाका नगर प्रमुख धु्रवकुमार शिवाकोटीपछि उपप्रमुख पवित्रा महतारा प्रसाईलाई पनि कोरोना संक्रमण देखिएको छ ।

उनलाई हिजो संक्रमण पुष्टि भएको बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । मंसिर ६ गते नगर प्रमुख शिवाकोटीलाई संक्रमण पुष्टि भएको थियो । त्यसपछि उपप्रमुख प्रसाई होम आइसोलेसनमा बसेकी थिइन् ।

होम आइसोलेसनमा बसेको ५ दिनपछि पिसिआर परीक्षण गर्दा उनलाई पोजिटिभ देखिएको थियो । संक्रमण पुष्टि भएपछि उपप्रमुख प्रसाई होम आइसोलेसनमै रहेकी छन् । उनलाई ज्वरो आउने, टाउको र घाटी दुख्ने जस्ता लक्षण देखिएको श्रीमान् ज्ञानुराम प्रसाईले बताए । नेकपाका नगर अध्यक्ष ज्ञानुराम पनि ओम आइसोलेसनमै बसेका छन् ।

प्रतिकृया दिनुहोस्